November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

तस्वीरमा एलिजा र कुन्साङको जोडी

तस्वीरमा एलिजा र कुन्साङको जोडी

६ मंसिर, काठमाडौं । नायिका एलिजा गौतमले पहिलो चलचित्र ‘अनुराग’मा नयाँ नायकसँग काम गरिन् । उसो त यो चलचित्रमा काम गर्दा एलिजा पनि नयाँ नै थिइन् ।

एलिजा अब दोस्रो चलचित्र ‘घुइँचो’मा पनि नयाँ नायकसँग काम गर्दैछिन् । हुन त, उनले काम गर्न लागेको चलचित्र ‘घुइँचो’का नायक कुन्साङ बोम्जन संगीत क्षेत्रका लागि भने नयाँ होइनन् । कुन्साङले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

कुन्साङले पहिलो चलचित्रमा एलिजासँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । चलचित्रको घोषणा कार्यक्रम केही फरक तरिकाले गरिएको थियो । कलाकारहरुलाई कार्यक्रम स्थलमा प्रवेश गराउँदा फूल बिच्छ्याएर स्वागत गरिएको थियो ।

एलिजाले कुन्साङको सुन्दरताको प्रशंसा समेत गरिन् । यस्तै, कुन्साङले पनि एलिजाको काम गर्ने तरिकाको प्रशंसा गरे । दुवैले चलचित्रको कथा अनुसार काम गर्ने बताए ।स्रोत अँनलाईन खबर