November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलिलाई सारियो

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलिलाई सारियो

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलिलाई सारियो

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ।  बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् । स्रोत नेपालटाईम्स