November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ४२ फिल्म प्रदर्शन हुने

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ४२ फिल्म प्रदर्शन हुने

नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजबाट सुरु हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्न लागेको महोत्सवमा ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले यो वर्षपनि भर्चुअल आयोजना गर्न लागिएको हो । महोत्सवमा २४ देशका ४२ वटा फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरू समावेश छन् ।

महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरू पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा पनि अन्तरक्रिया हुने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए ।

स्तै, ओटीटीमा नेपाली फिल्म कसरी पुर्‍याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने मानव अधिकार चलचित्र केन्द्रका निर्देशक खत्रीले बताए । महोत्सवमा अन्तर्राष्ट्रिय विधाका फिल्मको प्रदर्शन मात्र गरिनेछ, भने नेपाली विधाका फिल्महरूको भने प्रतिस्पर्धा हुनेछ । जसमा उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरी पुरस्कार घोषणा गरिनेछ । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिकामा छन् । महोत्सवको सह–आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदूतावास रहेको छ । स्रोत रातोपाटी