November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ । यहि मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा कलेजले फिल्म फेस्टिभल गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले फेस्टिभल गर्न लागेको बताए । दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् ।

नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली फिल्मसम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने दाहालले जानकारी दिए । स्रोत रातोपाटी