November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

सुनचाँदीकै मूल्य बढ्यो

सुनचाँदीकै मूल्य बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।.

बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढ्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।स्रोत अँनलाईन खबर