November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

कांग्रेसको प्रदेश सभा अधिवेशन : सभापतिमा चयन हुने पहिलो महिला बनिन् श्रेष्ठ

कांग्रेसको प्रदेश सभा अधिवेशन : सभापतिमा चयन हुने पहिलो महिला बनिन् श्रेष्ठ

नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको अधिवेशनबाट सभापतिमा चयन हुने मैयाँ श्रेष्ठ लावती पहिलो महिला बनेकी छन्।

पाँचथरको प्रदेश सभा क्षेत्र ‘ख’ बाट उनले जित निकालेकी हुन्। श्रेष्ठले सभापतिका प्रतिस्पर्धी नगेन लामालाई पराजित गरिन्।

विजयी श्रेष्ठले २७३ मत प्राप्त गरेकी थिइन् भने पराजित लामाले २०९ मत प्राप्त गरे। विजयी श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं उपकारको अध्यक्ष समेत हुन्। विजयी श्रेष्ठ संस्थापनइतर पक्षकी हुन्।

पाँचथरको प्रदेश ‘क’मा भोगिश्वर योङ्हाङ्ग विजयी भएका छन्। शनिबार भएको मतदानको नजिता आइतबार बिहान सार्वजनिक गरिएको थियो। पाँचथरको जिल्ला अधिवेशन सोमबार हुँदैछ।स्रोत नेपालटाईम्स