November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार

५ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार सुस्ताएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयर कारोबार रकम र कारोबार संख्या दुबै सुस्ताएको छ ।

नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ५३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार माप गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७५ अंकले घटेको छ ।

परिसूचकसँगै आइतबार कारोबार समेत सुस्तायो । दिनभर ५४ हजार ६६४ कारोबारमात्रै भए । ७८ लाख ९४ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँमा रोकियो ।स्रोत अँनलाईन खबर