November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

‘कति बस्छ्यौ माइतीकै कौसीमा’देखि ‘चाँदनी’सम्म, यस्ता छन् साताका १० गीत

‘कति बस्छ्यौ माइतीकै कौसीमा’देखि ‘चाँदनी’सम्म, यस्ता छन् साताका १० गीत

३ मंसिर, काठमाडौं । पछिल्लो साता तीन दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । गायक प्रमोद खरेलका थुप्रै गीत यो साता सार्वजनिक भए । मोहितवंश आचार्यदेखि इन्दिरा जोशी र मदनकृष्ण श्रेष्ठसम्मको स्वर रहेका गीतहरु यस साता सार्वजनिक भएका छन् । यस्तै प्रकाश सपूतदेखि स्वस्तिमा खड्काले अभिनय गरेको म्युजिक भिडियो यसै साता सार्वजनिक भए । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिक भएकामध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

छक्का पञ्जा’ टिमको ‘कति बस्छ्यौ माइतीकै कौसीमा’

स्व र्गीय राम थापाको स्वरमा रहेको चर्चित गीत ‘कति बस्छ्यौ माइतीकै कौसीमा’को रिमेक भर्सन यो साता सार्वजनिक भएको छ । मुरारीप्रसाद लामिछानेको शब्द तथा संगीत रहेको यो गीतका शब्दलाई भीम विष्टले रि–क्रियसन गरेका छन् । नयाँ गीतमा उदयराज पौडेलले एरेञ्ज गरेका छन् भने अञ्जु पन्त र हिमाल  श्रेष्ठको स्वर रहेको छ ।

रिमेक भर्सनको यो गीतको भिडियोमा केदार घिमिरे र दीपाश्री निरौलाको अभिनय छ । यस गीतलाई चलचित्र ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको हो । मायामा हुने छक्का पञ्जाको कथा गीतमा प्रस्तुत गरिएको छ । विक्रम स्वाँरको कोरियोग्राफी, हरि हुमागाईंको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । बिहीबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतले शुक्रबार दिउँसोसम्म युट्युबमा १ लाख ७५ हजार भ्युज पाएको छ । भिडियो युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

मोहितवंश र मेलिनाको स्वरमा ‘हाम्रो माया’

बिहीबार सार्वजनिक भएको ‘हाम्रो माया’ बोलको गीतमा मोहितवंश आचार्य र मेलिना मैनालीको स्वर रहेको छ । यस गीतको भिडियोमा स्वस्तिमा खड्का र नाजिर हुसेनले अभिनय गरेका छन् । दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत रहेको गीतलाई योगेशकाजीले एरेञ्ज गरेका हुन् । राजीव समिरको कोरियोग्राफी र शान थापाको निर्देशनमा यस गीतको भिडियो निर्माण भएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालमार्फत सार्वजनिक गीतको भिडियोले २४ घण्टा नपुग्दै २ लाख ८० हजार बढी भ्युज पाएको छ ।

कार्टुन क्रु जुनियर’को ‘ढिकिच्याउँ’

‘द कार्टुन क्रु’ले गत शुक्रबार ‘ढिकिच्याउँ’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । दीपक शर्माको शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा सहिमा श्रेष्ठ र सन्दीप न्यौपानेले स्वर दिएका छन् । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ‘द कार्टुन क्रु’का जुनियर कलाकारहरुको अभिनय छ । पवन सुस्लिङको छायाँकन रहेको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् । यस गीतको भिडियोले एक सातामा १२ लाख ७० हजार बढी भ्युज पाएको छ । यो गीत युट्युब ट्रेन्डिङको शीर्ष १० स्थानमा छ ।