November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

संस्कृ तिविद् सत्यमोहन जोशी सम्मानित

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले २५ हजार नगद सहित  सम्मानपत्रले जोशी सम्मान गरेका हुन् ।

कार्यक्रममा अनेसास नवरत्न पुरस्कार साहित्य तर्फ गङ्गा तिगल, शारदा पौडेल, गीता कार्की, शकुन ज्ञवाली, ममता कर्माचार्य, गायन तर्फ– सपना श्री, अभिनय तर्फ गौरी मल्ल, पत्रकारिता तर्फ विमला भण्डारी र समाजसेवा तर्फ बिना वर्मालाई प्रदान गरियो । खास गरी साहित्य, कला, गायन, पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नारी–रत्नलाई यो पुरस्कार प्रदान गरिएको अनेसा नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीले बताइन् ।

त्यसैगरी अनेसा मखमली–कमल महिला गीत सङ्गीत पुरस्कार सङ्गीतकार शकुन्तला प्रधान दिइयो । पुरस्कार सबै संस्कृतिविद् सत्यमोहन जोशीले प्रदान गरेका थिए । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नारी पुरुष बराबर भएको भनेर चर्चा गरे । नारीले १० महिना गर्भमा राखेर पुरुषलाई जन्म दिने भएकोले पुरुषले नारीको गर्भप्रति गर्व गर्नुपर्ने बताए ।

अनेसास ट्रस्टीकी केन्द्रीय अध्यक्ष गीता खत्रीले सत्यमोहन जोशीलाई  जिउँदो देउताको रुमा चर्चा गर्दै सम्मान गर्न गर्भ लागेको बताइन् । उनले अनेसासको उदेश्य साहित्य–कला क्षेत्रमा लुकेका नारी–प्रतिभाको खोजी गरी प्रोत्साहन र सम्मान गर्नु समेत धारणा राखिन् ।

प्रा.डा खगेन्द्र लुइँटेल, गीता कार्की, शकुन्तला प्रधान, गौरी मल्ल, गङ्गा तिगल, लीला लुइँटेल, गीता खत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रत्येक दुई बर्षमा बितरण गर्ने मखममली–कमल पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिदै आएको छ ।