त्रिविका पदाधिकारीको राजीनामा मागेकामा अनेरास्ववियुको आपत्ति

त्रिविका पदाधिकारीको राजीनामा मागेकामा अनेरास्ववियुको आपत्ति

२५ फागुन, काठमाडौं । सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।

अनेरास्ववियुले महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयका हितमा नरहेको दावी गरेको छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरुले त्यही जनताको संस्थालाई धरासायी बनाउन उद्यत रहनु प्राज्ञिक र राजनीतिक रुपले अनैतिक छ ।’

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *