२२ फागुन, काठमाडौं । नेपाली रकस्टार रविन तामाङ हिजोआज संगीतभन्दा अभिनयमा बढी व्यस्त देखिन्छन् । ‘रविन एण्ड दी न्यू रिभोलुसन’ ब्यान्डको लोकप्रियतापछि अब भने उनी पाश्र्वगायनमा समेत सक्रिय भएका छन् ।
रविनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शनिबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको छ । अंग्रेजीमा गाइएको ‘चिसो एस्ट्रे’बोलको गीतले युवाहरुको जीवनशैलीलाई अभिव्यक्त गरेको छ ।
गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता तथा गायक तामाङले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए ।
‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु,’ उनले भने ।
Please follow and like us: