विदेशी मुद्रा सञ्चिति घट्यो, राष्ट्र बैंकको ढुकुटीमा कति छ ?

विदेशी मुद्रा सञ्चिति घट्यो, राष्ट्र बैंकको ढुकुटीमा कति छ ?

२९ पुस, काठमाडौं । विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिति पाँच महिनामा आइपुग्दा अझ घटेर ६.८ महिनाको वस्तु तथा आयातमात्रै धान्न अवस्थामा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२९ पुस, काठमाडौं । विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिति पाँच महिनामा आइपुग्दा अझ घटेर ६.८ महिनाको वस्तु तथा आयातमात्रै धान्न अवस्थामा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले घटेर मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी  हुँदा १०८४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १२९ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *