टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ ।सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन्

को7भिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ ।टेनिस स्टार जोकोभिकलाई कयौं घण्टा विमानस्थलमा राखिएको थियो ।

टेनिस खेल्नका लागि अष्ट्रेलिया सरकारले छुट दिएको भोलिपल्ट जोकोभिकले त्यहाँको यात्रा गरेका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानूनभन्दा माथि कोही नभएकाले उनलाई निर्वा8सित गरिने बताएका छन् ।
स्रोत अँनलाईन खबर

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *