‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’-२

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’-२

मेड न चाना२०२५

सन् २०१५ मा चीनका प्रधानमन्त्री ली कछ्याङले उद्घाटन गरेको यो विस्तृत योजनाले २०२५ भित्र चीनलाई प्राविधिक तथा औद्योगिक क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर अगाडि बढाइएको छ। चीनको बढ्दो प्रभावसँगै अमेरिकाले चाल्न सक्ने कदमहरूलाई यसले मध्यनजर गरेको छ

जापानमाथि १९९० तिर अमेरिकाले जापानी प्रभावको नियन्त्रणको लागि यस्तै कदमहरू चालेर जापानी अर्थतन्त्रलाई आफ्नो स्वार्थ घेराभित्र पारेको थियो। जतिबेला जापानले अमेरिकालाई अर्थतन्त्रमा उछिन्ने अनुमान गरिएको थियो। यस्तो सम्भावित खतरालाई मध्यनजर गर्दै चीनले अमेरिकामाथि प्रविधिको अत्यधिक भरले एउटा निश्चित बिन्दुमा अप्ठ्यारो पार्न मात्र होइन, सिङ्गो अर्थतन्त्र नै धरापमा पर्न सक्ने आकलन सहित यस्तो महत्वाकांक्षी योजनालाई अगाडि बढाएको थियो। जर्मनीको इन्डष्ट्री-४.० को योजनालाई आत्मसात् गरेर यो रणनीतिक योजना अगाडि सारेको देखिन्छ।

पछिल्लो समय यसको कारण अमेरिका लगायत पश्चिमा देशहरू सशंकित भएका कारण यसलाई कम प्राथमिकतामा राखेको छ। यद्यपि पाँच वर्षको समयावधि व्यतित गर्दा चीनले यस क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारिसकेको छ।बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत प्रभाव विस्तार १.४ बिलियन अमेरिकी डलर मूल्य राशिको विशाल परियोजनाको रूपमा यसलाई एशिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकालाई समेटेको छ। सन् २०१३ मा काजकस्तानमा चिनियाँ राष्ट्रपति सी जिङपिङले उद्घाटन गरेपछि चर्चामा आएको बीआरआईले २०२० सम्म आइपुग्दा हरेक क्षेत्रमा त्यत्तिकै स्थान बनाउन सफल भएको छ। यसलाई अमेरिकाले दोस्रो विश्व युद्धपछि मार्शल प्लानको रूपमा युरोपको पुनर्निर्माणको लागि अगाडि सारेको योजनाको रूपमा कतिपयले तुलना गर्ने गरेका छन्।

अहिलेसम्म यसमा विश्वभरिका १३८ देशहरूले हस्ताक्षर गरेका छन्। एशियाली विकास बैंकले सन २०१६-३० सम्म मात्र विकासशील एशियाको भौतिक संरचना निर्माणको लागि २६ खरब अमेरिकी डलर चाहिने अनुमान पेश गरेको थियो। बीआरआईले त्यो माग आपूर्तिका लागि केही हदसम्म भूमिका खेल्न सक्ने विज्ञहरूको दाबी छ। तर अमेरिकी सम्बद्ध पश्चिमा देशहरू यसलाई एक्काइसौं शताब्दीको नवसाम्राज्यको उपमा दिएका छन्।

बीआरआई मार्फत चीनले विश्वभरि आफ्नो प्रभाव विस्तार गर्ने र एकाधिकार लाद्ने भय विकसित देशहरूमा व्याप्त रहेको छ। दुई पक्षीय तथा बहुपक्षीय साझेदारीमार्फत व्यापार, लगानी तथा वित्तीय संरचनाको पुनर्निर्माण र विकासको मुख्य उद्देश्य सहित यसलाई अगाडि बढाइएको छ।

विभिन्न महादेशहरूबीच यातायात, रेलवे, सूचना सञ्चार, पारवहन लगायत विविध पक्षले जोडेर बहुपक्षीय सहयोग मार्फत विश्वभरि पुग्ने चिनियाँ योजना कामयावी हुने देखिन्छ। यसले अमेरिकी एकल प्रभुत्वको विश्वलाई चुनौती र बहुध्रुवमा खडा हुने वातावरण निर्माण गरेको छ। आर्थिक कूटनीतिमा यसले चिनियाँ प्रभाव विस्तार र सुदृढीकरणमा मेरुदण्डको काम गरिरहेको छ।

गरीब तथा कम विकसित देशहरूमा आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापन तथा प्रविधिको उपलब्धताबाट यसले एशिया तथा अफ्रिका महादेशमा मजबूत पकड निर्माण गरेको छ। विश्वव्यापी हिसाबले भूराजनीति तथा भूरणनीति प्रभाव विस्तारमा यसको भूमिका निर्णायक बन्दैछ।

एशियाली भौतिक संरचना लगानी बैंक (एआईआईबी)

विकासशील देशको नेतृत्वमा शुरु गरिएको बृहत् बहुपक्षीय विकास लगानी सम्बन्धी बैंक एआईआईबी २०२० को मे १६ सम्म आइपुग्दा सदस्यता संख्या १०३ पुगेको छ। विश्व बैंक र एशियाली विकास बैंकको काउण्टरमा अगाडि सारेको भनेर प्रचार गरिएतापनि यसले अन्तर्राष्ट्रिय नीतिनियमका पालना गर्दै निरन्तर विश्वस्तरमा बहुपक्षीयताको वकालत गरिरहेको छ।

अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई उल्टाउनु भन्दा त्यसलाई अझै सुदृढ गर्दै भूमण्डलीकरणमा जोड दिने मनसुवा नै यस बैंकको रहेको देखिन्छ। यसले चीनको अर्थतन्त्रलाई समेत खुलापनको दिशामा अग्रसर गराउन त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ।

यस बैंकलाई अमेरिकी नियन्त्रणमा रहेको विश्व बैंक र जापानको नियन्त्रणमा देखिने एशियाली विकास बैंकको काउन्टरका रूपमा लिइएको। तर एशियाको विकासमा झन्डै ८ ट्रिलियन अमेरिकी डलरको आवश्यकता रहेको तथ्याङ्कलाई आधार बनाउँदै चीनले त्यो आरोप र शंकाको खण्डन गर्दै आइरहेको छ। यसले मौद्रिक क्षेत्रमा अमेरिका युरोप र जापानको एकल प्रभुत्वको अन्त्य गर्ने निश्चित छ।

चीनले २०१७ को अन्त्य सम्ममा १.८ ट्रिलियन अमेरिकी डलर विदेशमा लगानी गरेको छ। पाकिस्तानमा ६२ अर्ब अमेरिकी डलरको लागतमा पोर्ट तथा रेलवे लगायत भौतिक संरचनाको निर्माण गरेको छ भने श्रीलंकामा १.१ अरब डलरको लागतमा बन्दरगाह निर्माणको ठेक्का लिएको छ। बंगलादेश, माल्दिभ्स, अफगानिस्तान लगायत देशहरूमा ठूलो पैमानामा भौतिक संरचना निर्माणमा लगानी गरिरहेको छ।

टनीतिमा दवदवा

२०२१ मा अत्याधुनिक एच-२० बमवर्षक विमानले पनि विशेष महत्व राख्नेछ। यसलाई अमेरिकाको बमवर्षक विमानसँग तुलना गरिएको छ र अमेरिकी भूमिसम्म हवाई उडान भर्नसक्ने क्षमता राख्छ। यी हतियारको पूर्ण स्तरको निर्माण कार्य सम्पन्न हुँदा चीनको विश्व स्तरमा आक्रामकता अरु डरलाग्दो गरी बढ्नेछ

त्यस्तै कूटनीतिक मामलामा पनि चीनले अमेरिकाको अग्रणीस्थानको ताजलाई खोसेर आफ्नो पोल्टामा पारेको छ। नोभेम्बर २०१९ मा अष्ट्रेलियाको सिड्नीस्थित लोवी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभरि चीनले २७६ कूटनीतिक नियोगहरू स्थापना गरेको छ भने अमेरिका २७३ वटा रहेका छन्। जबकि २०१६ मा चीन तेस्रो स्थानमा रहेको थियो।

२०२१ मा गरिएको पछिल्लो अध्ययनले २०१० देखि २०१९ सम्म अमेरिकी राष्ट्रपति भन्दा चिनियाँ राष्ट्रपतिले कूटनैतिक भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ। साथै बीआरआई र एशियाली भौतिक संरचना बैंक मार्फत आर्थिक कूटनीतिलाई तीव्र विस्तार गरिरहेको छ।

डलर भर्सेस रेनमिनबी

दोस्रो विश्वयुद्ध पछि अमेरिकी डलरको विश्वव्यापी प्रभाव तीव्रतर गतिमा बढ्दै गयो। झन् १९८० को दशकमा शुरु भएको रेगन-थ्याचर युगको उदय र भूमण्डलीकरणसँगै नवउदारवादी विश्वव्यवस्थामा अमेरिकी एकल प्रभुत्व २००८ को वित्तीय संकटसम्म अविच्छिन्न चल्यो। यही मेसोमा अमेरिकी डलरको एकल प्रभुत्व अन्तर्राष्ट्रिय व्यापार, विनिमय, मुद्रा सञ्चितिमा ह्वात्तै बढयो। अन्य मुद्राहरूले डलरको एकल प्रभुत्वलाई चुनौती खडा गर्न सकेनन्।

आजसम्म आइपुग्दा पनि वैदेशिक व्यापार, विनिमय र मुद्रा सञ्चितिमा अमेरिकी डलरको एकछत्र प्रभाव छ। अहिले पनि ८० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार तथा आपूर्ति श्रृङ्खलाको प्रवाह डलरमा हुने गरेको छ। त्यस्तै, वैश्विक रुपमा मुद्रा सञ्चितिको रूपमा डलरको हिस्सा सन् १९८० मा ६७.२ प्रतिशत हिस्सा रहेको थियो भने २०१९ मा आउँदा पनि यो विश्वभरि ६० प्रतिशत रहेको छ। जबकि चिनियाँ मुद्रा रेनमिनबीको अंश २ प्रतिशत छ। यद्यपि सन २००८ को वित्तीय संकटपछि चीनले आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्न हरसम्भव कोशिश गर्‍यो। त्यसका लागि उसँग तीन वटा मुख्य लक्ष्यहरू रहेका थिए- रेनमिनबीको अन्तर्राष्ट्रियकरण, अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिको हैसियत कायम गर्ने र अन्तर्राष्ट्रिय बजारमा मुद्रा सञ्चितिमा आधिपत्य कायम। तर चीनले यी तीनवटै लक्ष्यमा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेन।.

चन्द्रमामा रकेट

३ जनवरी २०१९ मा चन्द्रमाको सबैभन्दा दूरवर्ती क्षेत्रमा आफ्नो ‘च्याङ्ग’ई-४ रकेट सफलतापूर्वक अवतरण गरेर वाह् वाही प्राप्त गरेको चीनले १६ डिसेम्बर २०२० मा पुनः ‘च्याङ्ग’ई-५ रकेटको सफलतापूर्वक प्रक्षेपण गर्दै ४० वर्ष पछि पहिलोपटक चन्द्रमाबाट परीक्षणको लागि आवश्यक ढुङ्गा, माटो जस्ता पदार्थ बोकेर पृथ्वीमा अवतरण गर्‍यो। योसँगै आगामी वर्ष पुनर्प्रयोग गर्न सकिने रकेटको निर्माण र प्रक्षेपणमा जुट्ने घोषणा समेत गरिसकेको छ।

अमेरिका र रसियापछि चीनले चन्द्रमामा आफ्नो उपस्थितिलाई सुनिश्चित मात्र गरेको छैन, अन्तरिक्ष र चन्द्रमामा अमेरिकी प्रभुत्वलाई दौंतरी प्रतिस्पर्धीको रुपमा सशक्त टक्कर प्रस्तुत गरेको छ र मानवीय सम्भावनाको खोजीलाई तीव्र बनाएको छ। आगामी दिनमा अमेरिका र चीनको चन्द्रमा सम्बन्धी खोज र अनुसन्धानमा अरु बढी प्रतिस्पर्धा हुनेछ।

यसले वैज्ञानिक अनुसन्धानको खोजमा नयाँ आयाम थप्नेछ भने दुई देशबीच अन्तरिक्ष र चन्द्रमामा हतियारको प्रयोग बढ्ने खतराले मानव जातिलाई नै विनाशको दिशातिर लैजाने खतरा पनि बढ्दो स्तरमा रहन्छ। त्यस्तै मंगल ग्रहमा मानवीय जीवनको खोजीका लागि चिनियाँहरू निरन्तर खटिरहेका छन्।

गत २३ जुलाई, २०२० मा कोरोनाको त्रासदीबीच पनि मंगल ग्रहको अन्वेषणको लागि टियानवेन-१ को सफल प्रक्षेपण गरेको थियो। यो रकेट २०२१ को मध्य फेब्रुअरीमा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ। १९८० पछिको तीव्र आर्थिक विकाससँगै चीनले अन्तरिक्ष विज्ञानको क्षेत्रमा पनि निकै फड्को मारिसकेको छ। ३३ महीनाको अन्तरालमा २०२१ को डिसेम्बरसम्म लङ मार्च परिवारको १०० प्रक्षेपणहरु सम्पन्न गरिसकेको छ।

तेस्रो विमानवाहक युद्धपोतको डेब्यु

राजधानी शंघाई शहरमा निर्माण जारी रहेको तेस्रो विमानवाहक युद्धपोतलाई अत्याधुनिक र अमेरिकी युद्धपोतसँग तुलना गरिएको छ। मिडिया तथा नौसेना विज्ञहरूका अनुसार चीनले कम्तीमा ६ वटा यस्ता युद्धपोत निर्माण गर्न जरुरी छ। यसले अमेरिकी सैन्य गतिविधि र खतरालाई रोक्न सक्छ। २०२२ मा यसको पहिलो प्रदर्शन हुनेछ।

पछिल्ला समाचार अनुसार यो झन्डै एक लाख टन भार क्षमताको हुनेछ। जुन अमेरिकाको अत्याधुनिक विमानवाहक युद्धपोत बराबरको भारवहन क्षमताको हुनेछ। यसले एशिया-प्यासिफिक क्षेत्रमा अमेरिकी प्रभावलाई निस्तेज पार्ने र चिनियाँ प्रभुत्वलाई विस्तार गर्न भूमिका खेल्नेछ। त्यस्तै यस वर्ष नै चीनले हेलिकप्टर अवतरण गर्न मिल्ने दुईवटा ‘टाईप ०७५-एम्फिबियस एसल्ट शिप’को निर्माण र सामुद्रिक परीक्षण शुरु गरेको छ भने यसै वर्ष तेस्रो शिपको निर्माण सम्पन्न गरी परीक्षणका लागि पठाइनेछ। यसले ताईवानलाई आफ्नो नियन्त्रणमा राख्न र पृथकतावादी गतिविधिलाई नियन्त्रण गरी ताईवानलाई चीनमा समेट्न भूमिका खेल्नेछ। योसँगै अत्याधुनिक लडाकु जेट, मिसाइल लगायत हतियारको विकासमा फड्को मार्नेछ।

विमानवाहक युद्धपोतका लागि आवश्यक लडाकु जहाज एफसी-३१ को पनि यो वर्ष श्रीगणेश हुनेछ। पहिले नै सञ्चालनमा आएको पाँचौं पुस्ताको जे-२० स्टेल्थ लडाकु जहाजको ठूलो पैमानामा उत्पादन र यसको अन्य रूपमा पनि विकास गर्ने चीनको उद्देश्य रहेको देखिन्छ। २०२१ मा अत्याधुनिक एच-२० बमवर्षक विमानले पनि विशेष महत्व राख्नेछ। यसलाई अमेरिकाको बमवर्षक विमानसँग तुलना गरिएको छ र अमेरिकी भूमिसम्म हवाई उडान भर्नसक्ने क्षमता राख्छ। यी हतियारको पूर्ण स्तरको निर्माण कार्य सम्पन्न हुँदा चीनको विश्व स्तरमा आक्रामकता अरु डरलाग्दो गरी बढ्नेछ।

(लेखक अर्थशास्त्रका विद्यार्थी हुन्।

स्रोत अँनलाईन खबर

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *