आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने, टिकट अनिवार्य

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने, टिकट अनिवार्य

 

 

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यातायात सञ्चालन  गरिने भएको हो ।परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।यसअघि गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।स्रोत नेपालटाईम्स

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *