सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढ्यो

२८ वैशाख, काठमाडौँ । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *