माधव नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

माधव नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । सामूहिक राजिनामाको तयारी गरिरहेको नेकपा एमाले माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाल पक्षीय सांसदहरुको सिंहदरबारमा आज बसेको बैठकले आजको विश्वासको मत दिने कार्यक्रममा सहभागी नहुने निर्णय गर्दै सकिएको सो समूहका नेता भीम रावलले बताउनु भयो । ‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि जनाएका थिए । सोही कारण तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो । तर आजको प्रतिनिधिसभा बैठकमा भने अनुपस्थित हुने बैठकले गरेको छ। नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीले चालेका कतिपय कदमहरुप्रति असहमति राख्दै आएका छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *