माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दै

२७ वैशाख, काठमाडौंं । नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *