गण्डकीमा नयाँ सरकारः जनमोर्चाका कारण अड्किए विपक्षी

गण्डकीमा नयाँ सरकारः जनमोर्चाका कारण अड्किए विपक्षी

२६ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने तय भएको अघिल्लो दिन नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश भएको थिए । सोमबार अविश्वासको प्रस्तावमा मत विभाजन गर्न प्रदेश सभामा तयारी भइरहेका मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएपछि प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार बनाउन आह्वान गरेकी छन् ।

अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गर्ने छ । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन् । अब २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।स्रोत अँनलाईन खबर

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *