बोर्डरमा एपीएफलाई देखेपछि भागेका व्यक्तिले छाडे लागूऔषध

बोर्डरमा एपीएफलाई देखेपछि भागेका व्यक्तिले छाडे लागूऔषध

सर्लाही । सर्लाहीमा एपीएफको टोलीले एक व्यक्तिको साथबाट लागूऔषध बरामद गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट आइतबार ७६ बोतल डाईलेक्स डिसी, ११ बोतल कोडिन एक्जीप्लोन र १० बोतल कोडील नामक लागूऔषध बरामद गरेको हो ।

त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध सोही ठाउँमा छाडी फरार भएका थिए ।स्रोत न्युज२४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *