महामारीकै बीच प्रतिनिधिसभाको बजेट अधिवेशनको तयारी तीव्र, सचिवालयलाई व्यवस्थापनको चटारो

महामारीकै बीच प्रतिनिधिसभाको बजेट अधिवेशनको तयारी तीव्र, सचिवालयलाई व्यवस्थापनको चटारो

काठमाडौं । कोरोना महामारीकै बीच संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको अधिवेशन आव्हान भएपछि बैठकको तयारी भइरहेको छ ।

४ जना सांसदलाई कोरोना पोजेटिभ देखिइसकेकेको छ भने केही सांसदको रिपोर्ट आउनै बाँकी छ । कोरोना संक्रमणको जोखिका बेला बस्न लागेको संसद बैठकको तयारी कस्तो हुँदैछ त ?

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेपछि संघीय संसद सचिवालयलाई अहिले व्यवस्थापनको चटारो देखिएको छ । आकस्मिक रुपमा बैठक आव्हान भएसँगै बैठक हलमा प्रवेश गर्ने सबैको पीसीआर परीक्षण गरिएको छ ।

संसद सचिवलायका अनुसार बुधबार १२८ जना सांसदसहित कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ४८१ जनागरि जम्मा ६०९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ४ सांसद र २ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै, विहीबार करिब साढे ५ सय जनाको स्वाब संकलन गरिएको छ । संसदमा कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीकै बेलामा अघिल्लो वर्ष बीचमा एउटा कुर्सी खाली राखेर सांसदहरुलाई बस्ने व्यवस्था मिलाइएकोमा अहिले भने दर्शक दीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिने भएको छ । सुरक्षा शतर्कता अपनाएर बैठक सञ्चालन गर्नेगरि सम्पूर्ण तयारी भइरहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डे बताउँछन् ।

विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो ।

बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको छ । सभामुख र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक रहने कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्याैल हुनेछ ।

त्यस्तै, कोरोना संक्रमित सांसदहरुलाई विश्वासको मतको प्रक्रियामा कसरी सहभागी गराउने भन्ने विषय पनि कार्यव्यवस्था परामर्श समितिले नै टुंगाउने प्रवक्ता पाण्डे बताउँछन् ।

जनताको सार्वभौम थलो मानिन्छ संसद । प्रतिकूल परिस्थितीमा संसदको महत्व अरु बेला भन्दा झन् बढी हुनेगर्छ । नेपालमा भने प्रतिकुल परिस्थितिमा मौकामा चोका हान्नेहरुका लागि लगाम लगाउनसक्ने निकाय संसद बन्द प्राय हुने गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता डरलाग्दो देखिएको छ । यस्तो बेलामा सरकारलाई जवपाmदेही बनाउन र जनताको जीवन रक्षाका लागि खबरदारी गरिरहन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संसदलाई सँधै खुला गर्न जरुरी छ ।
स्रोत न्युज२४

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *