२४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको निर्णय विपरीत अक्सिजन सिलिण्डर खाली तथा भण्डारण गरेर राख्ने उद्योगी तथा व्यवसायीलाई कारबाही गरिने बताएको छ ।अनुगमनका क्रममा धेरै ठूलो मात्रामा भरी तथा खाली गरेर राखेको अवस्थामा अक्सिजन सिलिण्डर पाइएकोले मन्त्रालयले त्यसो नगर्न अनुरोध गर्दै कारबाहीको चेतावनी दिएको हो ।
‘सम्बन्धीत सबै उद्योग व्यवसायीहरु र सरोकारवालाहरुमा त्यस्ता अक्सिजन सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिनु हुन, धेरै सिलिण्डरहरु भरी नेपाली नागरिकहरुको ज्यान बचाउने उपायहरुका लागि अस्पतालमा उपलब्ध गराउने कार्य गरिदिनुहुन हार्दिक अनुरोध छ ।’ मन्त्रालयद्धारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले सरकारको निर्णय उल्लंघन गरेको पाइएमा संक्रामक रोग २०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।स्रोत संसार न्युज