कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदन थपिए ९०७० जना संक्रमित

कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदन थपिए ९०७० जना संक्रमित

काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो ।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७ सय ७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७०७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ७९.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसारहालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *