काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाले थप ५४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७०७ कोरोना संक्रमित निको भएका डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
नेपाल कूल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । स्रोत मिडिया डबली
Please follow and like us: