अहिलेको प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा : महासंघ

अहिलेको प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा : महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ ।

महासंघका अध्यक्ष श्याम गिरीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पछिल्ला दिनमा कोभिड–१९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न उद्यमीहरुले अहोरात्र काम गरिरहको बताए ।

पछिल्लो तथ्याङ्क अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरुमध्ये ताप्लेजुङ्गमा २, काभ्र्रेमा १, कैलालीमा २, पर्सामा १, सुर्खेतमा २, बाँकेमा ५, दाङमा २, सल्यानमा १, मकवालनपुरमा १ र संखुवासभामा १ जनाको कोरोनाका कारण मृत्यु भइसकेको अध्यक्ष गिरीले बताए ।

त्यस्तै, हाल ११९ जना लघु, घरेलु तथा साना उद्यमीहरु कोरोना संक्रमित भई उपचाररत रहेका पनि अध्यक्ष गिरीले जानकारी दिए ।

उनले भनेका छन्, ‘यस्तो बेला हामी देशभरका आम जनसमुदाय र हाम्रा लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्घारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आब्हान गर्दछौं ।’

कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त बनेको तथा निषेधाज्ञाको समयमा समेत आन्तरिक राजश्व विभागले ‘जसरी भएपनि कर तिर्न आउन’ भन्नु दुःखद् भएको उनले बताए ।

नले भने, ‘अहिले सबै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिँड्ने र कर तिर्ने अवस्थामा छैनौं । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ ।’

त्यस्तै, कोरोना महामारीको समयमा पनि सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत विर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको उनको गुनासो छ ।

यस विषयमा सम्बन्धित बैंकहरुलाई बैंकर्स एसोसिएनसनमार्फत् त्यस किसिमका निर्णयहरु सच्याएर सुमधुर व्यवसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह पनि गरेका छन् ।

पुनःकर्जाका सम्बन्धमा राष्ट्र बैंकले प्रस्ताव गरेको पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदाहरुलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको पनि महासंघका अध्यक्ष गिरीको भनाइ छ ।

‘मूलतः सरकारले यो व्यवस्था जारी गरिसकेपछि लघु, घरेलु र साना उद्योगको हकमा लागू गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर शुरु भई सम्पूर्ण उद्योग व्यवसाय बन्द भएको जग जाहेर छ’, उनले भने, ‘त्यसैले पुनकर्जा कार्यविधिमा प्रतिकुल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी सम्बन्धित निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधि, नेपाल राष्ट्र बैंक, घरेलु कार्यालय, कर कार्यालय र सम्बन्धित बैंकको प्रतिनिधि समेत रहेको अनुगमन तथा छानबिन समितिको सिफारिसको आधारमा पुनकर्जा दिने प्रवधान राख्न नेपाल राष्ट्र बैंकसँग हामी हार्दिक अनुरोध गर्दछौं ।’

कामदारको न्यूनतम पारिश्रमिकको हकमा ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको समयमा कोभिडको दोस्रो कहर शुरु भएकाले सहमतिमा पुग्न नसकेको उनको भनाइ छ । तर, सरकारले भने एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेर लागू गर्ने मितिसमेत राजपत्रमा उल्लेख गर्नु दुःखद कुरा भएको उनको भनाइ छ ।स्रोत न्युज२४

 

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *