चेन्नाई सुपर किंग्सका ३ जना कोरोना भाइरसबाट संक्रमित

चेन्नाई सुपर किंग्सका ३ जना कोरोना भाइरसबाट संक्रमित

चेन्नाई सुपर किंग्सका ३ जना कोरोना भाइरसबाट संक्रमित

वैशाख, काठमाडौँ । चेन्नाई सुपर किंग्सका ३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । कोरोना भाइरसबाट संक्रमित हुनेमा चेन्नाईका बलिङ्ग प्रशिक्षक लक्ष्मीपति बालाजी, चेन्नाईका टिमका सिइओ कासी विश्वनाथन र टिमका एक बस ड्राइभर रहेका छन । तीनै जनाको सोमबार बिहान पनि परीक्षण गरिएको छ।

यदि फेरि पनि  कोरोना प्रशिक्षणको रिर्पोट पोजेटिभ आएमा तीनै जना १० दिनको क्वारेन्टिनमा बस्नुपर्ने छ । उनीहरु टिममा फर्कनका लागि दुई पटक नेगेटिभ नतिजा आउनु पर्नेछ । चेन्नाईका टिम अहिले दिल्लीका रहेका छ । टिमका बाँकी सदस्यको भने कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

मंगलबार नै कोलकत्ता नाईट राइडर्सका वरुण चक्रवर्ती र सन्दिप वारीयर पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । खेलाडी कोरोना भाइरसबाट संक्रमति भएपछि हिजो हुने भनिएको कोलकत्ता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बिचको खेलमा स्थगित भएको थियो ।स्रोत संसार न्युज

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *