वैशाख २९ गतेसम्म थपियो काठमाडौँ उपत्यकामा निषेधाज्ञा (भिडियो सहित)

साँझ पसल खोल्न नपाइने काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । स्रोत रातोपाटी

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *