सिरहामा थप दुई कोरोना पोजेटिभ फेला,दुबै नेपाल प्रहरी रहेको खुल्लासा

सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ ।

फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्को एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले जानकारी दिएका छन् ।

उनका अनुसार दुबैलाई आइसोलेसनमा लगिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *