प्रदेश २ मा क्वारेन्टाइनमा बस्नेहरु थुनुवाको जस्तो जिन्दगी बिताइ रहेको भन्दै मुख्यमन्त्री राउतद्वारा दुःख व्यक्त

बीरगंज २१ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरु ‘थुनुवाको जस्तो जिन्दगी’ बिताइरहेको बताउनु भएको छ ।

उहाले क्वारेन्टाइन र आइसोलेसनमा पूर्वाधारको अभाव रहेको समेत बताउनुभयो । ‘क्वारेन्टाइन कोरोना भाइरसको प्रकोप बढाउने स्थल बनेको बताउनु भएको छ । प्रदेशसभाको आज देखि सुरु भएको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले क्वारेन्टाइनमा एकजना संक्रमितले थुप्रैमा कोरोना भाइरस सार्ने गरेको छ । त्यसैले क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

प्रदेश २ को विद्यालय, धर्मशाला र सार्वजनिक स्थलमा स्थानीय तहले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नरहेको पनि मुख्यमन्त्री राउतले बताउनुभयो । ‘क्वारेन्टाइनमा बस्नेहरु थुनुवाको जस्तो जिन्दगी बिताइरहेका प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले यस तर्फ तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनु भयो ।

उहाँले महामारीको अवधिमा संघीय सरकारले अभिभावकको भूमिका निर्वाह नगरेको आरोप लगाउँदै प्रदेश सरकारले आफ्नो तहबाट महामारीसँग जुध्न कुनै कसर बाँकी नराखेको दाबी गर्नु भयो । अहिले भिटिएमको अभाव छ । पीसीआर परीक्षण ठूलो संख्यामा गर्न सकिएको छैन,’ मुख्यमन्त्री राउतले भन्नु भयो ।

मुख्यमन्त्री राउतले लकडाउन लम्बिँदै गर्दा रोगले भन्दा भोकले मर्ने समस्या बढदै गएको बताउदै प्रदेश २ सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, रोजगारी, कृषि र शिक्षालाई प्राथमिकतामा राखिने बताउनु भयो ।स्रोत रेडियो बिरगंज

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *