जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारकाे आग्रह

जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर घरमा नराख्न अनुरोध गरेको छ । केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको हो ।

‘तपाईंले घरमा जगेडाको रूपमा राखेको अक्सिजन सिलिण्डरले आज कसैको ज्यान जोगाउन सक्छ, त्यसैले अनावश्यक रुपमा अक्सिजन सिलिण्डरको भण्डार नगरौं,’ मन्त्रालयले भनेको छ, ‘सरकारले अक्सिजनको अभाव हुन नदिन आवश्यक प्रबन्ध गरिसकेको छ । अभाव नहुने गरी थप सिलिण्डरको व्यवस्था गरिसकेको छ ।’

अहिले हाहाकार गरेर थप ‘समस्या’ नथन्न मन्त्रालयको आग्रह छ । मन्त्रालयले भनेको छ- ‘पैसाको नोक्सान गर्दै ठूलो दुर्घटना निम्त्याउन सक्ने यस खालका सिलिण्डरहरु घरमा नराखौं ।’

उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ ।

नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो ।

सरकारले केहीदिन अगाडि अक्सिजनबाट चल्ने उद्योग तत्काल अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।स्रोत न्युज२४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *