१० हजार ७८ को पीसीआर/एन्टिजेन परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना पुष्टि

१० हजार ७८ को पीसीआर/एन्टिजेन परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार २९२ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५० संक्रमित निको भए, २८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७८ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ५ हजार १७ जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
स्रोत न्युज२४
Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *