मन्त्रालयको सुझाव, सीसीएमसीले प्रधानमन्त्रीसँग ‘ब्रिफिङ’ गर्दै

मन्त्रालयको सुझाव, सीसीएमसीले प्रधानमन्त्रीसँग ‘ब्रिफिङ’ गर्दै

काठमाडौं । कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।
स्थिति नियन्त्रणमा लिन मन्त्रालयले कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी रहेको छ ।

छिमेकी राष्ट्र भारतमा समेत भयावह स्थिती पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

यसबारेमा प्रधानमन्त्रीसँग ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

यातायातका साधन पनि चल्न रोक लगाउनु पर्नेबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने सीसीएमसीले तयारी गरेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *