‘मेरै टाउकोमा धरहरा खस्यो ! मानिसहरु अझै सोध्छन्, ‘कसरी बाँचिस् ?’

‘मेरै टाउकोमा धरहरा खस्यो ! मानिसहरु अझै सोध्छन्, ‘कसरी बाँचिस् ?’

धरहरा ढलेको देख्नेहरूको बयान : टुुप्पोबाट काठमाडौं चिहाउने रहर छ आजभन्दा ५ वर्षअघि । अर्थात् १२ वैशाख, २०७२ । दिउँसो ११ बजेर ५६ मिनेटमा गएको प्रलयकारी महाभूकम्पमा ढलेको सुन्धारास्थित धरहरा पुनर्निर्माण भएर फेरि ठडिएको छ । भूकम्पले ढाल्दादेखि पुनर्निर्माणसम्मको अवस्थालाई नजिकबाट नियालेका स्थानीयको धरहरासम्बन्धी अनुभव भने निकै अविस्मरणीय र त्रासदीपूर्ण छ

आजभन्दा ५ वर्षअघि । अर्थात् १२ वैशाख, २०७२ । दिउँसो ११ बजेर ५६ मिनेटमा गएको प्रलयकारी महाभूकम्पमा ढलेको सुन्धारास्थित धरहरा पुनर्निर्माण भएर फेरि ठडिएको छ । भूकम्पले ढाल्दादेखि पुनर्निर्माणसम्मको अवस्थालाई नजिकबाट नियालेका स्थानीयको धरहरासम्बन्धी अनुभव भने निकै अविस्मरणीय र त्रासदीपूर्ण छ

निजगढ स्थायी घर भएका भोला (दीपक सापकोटा) विगत १४ वर्षदेखि न्युरोडमा बस्छन् ।  शनिबार भएकाले ११ वैशाख, २०७२ का दिन उनी केही फुर्सदिला थिए । ढिलो खाना खाएर बच्चालाई नुहाइदिने तर्खर गरिरहेका बेला एक्कासी जमिन हल्लियो ।

त्यही समय, सुन्धारास्थित आफ्नो कपडा पसलबाट कृष्ण बख्रेल र दीपक ओम कश्यपले धरहरा हल्लिरहेको प्रत्यक्ष दृश्य देखे । उनीहरुले केही सोच्न, ठम्याउनै भ्याएनन् ।

अर्का स्थानीय वकिल अहमद भाग्दै थिए, ढुंगा र इँटा उनको पछाडि बर्सिरहेको थियो । बम पड्केजस्तो आवाज र चारैतर्फ मानिसहरुको चिच्याहट सुनिन्थ्यो । हेर्दाहेर्दै पहाड थुप्रियो, आकाश अन्धकारमय, जमिनमा धुलो र भग्नावशेष थियो । ‘खाना खानका लागि मस्जिद पछाडिको बाटो हुँदै कोठातर्फ जाँदै थिएँ, इँटा र माटो खसेपछि मुटुले काम नै गर्न छाडेजस्तो  लाग्यो,’ २५ वर्षदेखि धरहरानजिकै सैलुन सञ्चालन गरिरहेका भारतको मोतिहारी जिल्लाका अहमद भन्छन्,‘कतै पुरिएका मानिसहरुको हात देखिन्थ्यो, कतै शरीरबाट छुट्टिएको खुट्टामात्रै देखिन्थ्यो ।’

धरहरा लडेर पश्चिमतर्फ बज्रिएपछि त्यहाँका धेरै घर, पसल ध्वस्त भए । मस्जिद क्षणभरमै क्षतिग्रस्त बन्यो । धरहराको भग्नावशेषले किच्नुअघि नै भाग्न सकेकाले अहमदको ज्यान जोगियो ।

अर्को दिशाबाट धरहरा ढलेको दृश्य नियालेका दीपक कश्यप भन्छन्, ‘पहिले त वाल्ल परेर हेरिरहेको थिएँ । लगत्तै एउटा गाडीमाथि भग्नावशेष थुप्रिएको देखेँ, अगाडि सिटमा रहेका ड्राइभर र गाडी साहु भागिसकेका रहेछन् । अनि, बल्ल मेरो दिमागले सुरक्षित हुने उपाय खोज्योे ।’

दीपक र कृष्ण सुरक्षित हुने ठाउँ खोज्दै पूर्वतर्फ लागे । ‘त्यसदिन ढलान पनि भासिएर खाल्डो बनेको थियो, एकजना दिदीको कम्मरमुनिको भाग जमिनमै थियो । लुकेर बसेका मानिसहरुले एउटा रडले ढलान फुटाएर र हातले इँटा र सिमेन्ट खोस्रँदै उहाँलाई निकाल्यौं,’ जमिन खोस्रँदा शरीरमा लागेको दाग देखाउँदै ३६ वर्षीय कृष्णले भने,‘उहाँलाई सकुशल उद्धार गरियो । नजिकै अर्का एक व्यक्तिको शव विक्षिप्त अवस्थामा देखेपछि भने म बेहोसै भएँ ।’

भूकम्पले कतिको ज्यान लियो, कति घाइते भए, कति पुरिए, कति भागाभाग गर्दै थिए । यस दिन पश्चिमतर्फको पञ्जावी ढावा र त्यससँगै जोडिएको अब्दुल बदुरको ‘फेमस पान’ पसल पनि पुरियो ।

०००

दिउँसो १ नबज्दै श्रीमती र बच्चालाई सुरक्षित ठाउँमा छाडेर न्युरोडबाट भोला धरहरा ढलेको ठाउँमा आए । यतिबेलासम्म प्रहरी र सेनाको टोली पनि उद्धारका लागि आइसकेको थियो । स्थानीयको सहयोगमा उद्धारकार्य चल्यो ।

‘मस्जिद अगाडि एकजना आमालाई मैले भग्नावशेषबाट तानें, उहाँ मेरी छोरीलाई बचाउनुस् भन्दै हुनुहुन्थ्यो,’ भोलाले सम्झिए, ‘छोरीको लास नजिकै थियो । त्यो दृश्य सम्झँदा अहिले पनि म भावुक हुन्छु ।’

धरहरा ढलेको खबर सुनेपछि भान्जालाई खोज्दै बाफलबाट हिँडेर दीपक कश्यपका मामा पनि सुन्धारा आइपुगेका थिए । ‘भान्जा बाँचेका छन् कि भन्ने झिनो आश बोकेर आउनुभएको रहेछ, म सुरक्षित भएर उद्धारमा लागिसकेको थिएँ । एकअर्कालाई सकुशल देख्दा दुुबै भावुक भयौ,’ दीपकले सुनाए ।

अर्को दिशाबाट धरहरा ढलेको दृश्य नियालेका दीपक कश्यप भन्छन्, ‘पहिले त वाल्ल परेर हेरिरहेको थिएँ । लगत्तै एउटा गाडीमाथि भग्नावशेष थुप्रिएको देखेँ, अगाडि सिटमा रहेका ड्राइभर र गाडी साहु भागिसकेका रहेछन् । अनि, बल्ल मेरो दिमागले सुरक्षित हुने उपाय खोज्योे ।’

दीपक र कृष्ण सुरक्षित हुने ठाउँ खोज्दै पूर्वतर्फ लागे । ‘त्यसदिन ढलान पनि भासिएर खाल्डो बनेको थियो, एकजना दिदीको कम्मरमुनिको भाग जमिनमै थियो । लुकेर बसेका मानिसहरुले एउटा रडले ढलान फुटाएर र हातले इँटा र सिमेन्ट खोस्रँदै उहाँलाई निकाल्यौं,’ जमिन खोस्रँदा शरीरमा लागेको दाग देखाउँदै ३६ वर्षीय कृष्णले भने,‘उहाँलाई सकुशल उद्धार गरियो । नजिकै अर्का एक व्यक्तिको शव विक्षिप्त अवस्थामा देखेपछि भने म बेहोसै भएँ ।’

कृष्णको होस झण्डै डेढ घण्टापछि मात्रै आयो । यतिबेला एकाध मानिसहरु फोटो खिच्नमै व्यस्त थिए । ‘व्यापार संघका युवाहरु र फोटो खिच्नेहरूबीच झगडा नै प¥यो । हाम्रो कुरा पहिले उद्धार कार्यमा लागौं, यो फोटो खिच्ने समय होइन भन्ने थियो,’ कृष्णले भने,‘मलाई ती मानिसहरु देखेर अहिले पनि घृणा जाग्छ । मानिस यति संवेदनहीन हुन सक्छ भनेर पहिले कहिल्यै सोचेको थिइनँ ।’

काठमाडौंको मोबाइल नेटवर्क राम्रोसँग लागेको थिएन । तर, धरहरा ढलेको खबर देश–विदेशसम्म फैलिसकेको थियो ।

भारत बिहारस्थित अहमदको परिवार पनि बेचैन भइसकेको रहेछ । ‘पटक–पटक फोन गर्दा पनि नलागेपछि श्रीमती र छोराछोरी हैरान भएछन्,’ अहमदले सुनाए, ‘धरहरामै पुरियो भन्ने शंका लागेछ ।’

यता, उद्धारमै सक्रिय भएका बेला कृष्णको फोनमा टावर टिप्यो । ‘कतारबाट साथीले फोन गरेको रहेछ । तेरो घर ढल्यो, चाँडै घर जानु भनेर सम्झायो,’ कृष्णले भने,‘त्यसपछि म हतार–हतारमा दधिकोटस्थित घरतर्फ लागेँ ।’

पश्चिमतर्फको त्रासदी हेरेर फर्किएका अहमद टुँडिखेलमा गएर बसे । ‘मेरो सैलुनका स्टाफहरु पनि भागेर सोझै टुँडिखेल पुुगेका थिए । मैले पनि त्यहीँ शरण लिएँ,’ ५२ वर्षीय अहमद रातोपाटीसँग भन्छन्, ‘त्यसदिन धरहरा परिसरको मम पसल बिहानैदेखि प्याक थियो । धरहरा चढ्न २५० जनाले टिकट काटेका रहेछन्, ठ्याक्कै कतिजना मरे भन्ने थाहा भएन ।’

फेमस पान पसलका सञ्चालक अब्दूल बदुर (रौतहट स्थायी ठेगाना) ३ घण्टासम्म पुरिएका थिए । उनलाई स्थानीयवासीले उद्धार गरे । टाउकोमा तीन ठाउँमा चोट लागेको थियो । ‘टाउकोमाथि भग्नावशेष थुप्रिएपछि अब मरें भन्ठानेको थिएँ, जब बाहिर निस्किएँ, तब मानिसहरु कसरी बाँचिस् भनेर सोध्दै थिए । आसपासमा भग्नावशेषमात्र थियो,’ ६० वर्षीय बदुरले भने, ‘मलाई अझै पनि मानिसहरु कसरी बाँचिस् भनेर सोध्छन् ।’

अहमदको सैलुनमा भने क्षति पुुगेको थिएन । त्यसैले उनी राती सैलुन बन्द गर्नका लागि आए । ‘यतिबेला विद्युत प्राधिकरण अगाडि लाशहरु थुपारिएको थियो । प्रहरीले सबैलाई धपाउँदै थियो । म डराई–डराई पसल बन्द गरेर गएँ ।’

कृष्ण पनि रातिमात्रै दधिकोट पुगे । ‘घर ढल्दा आमा घाइते हुनुभएको रहेछ । उहाँको हातमा चोट थियो । श्रीमती र छोरी त्यसदिन खाना खानका लागि स्वयम्भू गएकाले सकुशल थिए । म घर पुुगेको केही समयपछि उनीहरु पनि आइपुुगे, अनि बल्ल राहतको सास फेरें,’ उनले सुनाए ।

त्यस घटनाको सात दिनपछि बल्ल कृष्ण फेरि सुन्धारा आइपुुगे । पञ्जावी ढावाका कर्मचारीसहित सञ्चालक परिवारका सबै चारजना पुरिएर मरे भन्ने सुन्दा उनलाई निकै दुःख लाग्यो ।

‘शनिबारका दिन म खानका लागि ढावामै जाने तर्खरमा थिएँ, नजिकैको पसले साथीले सँगै जाऊ भनेकाले उसलाई ५ मिनेट कुर्न थाल्दा यो सबै भइसकेको थियो’ कृष्ण सम्झन्छन्, अहिले सम्झँदा ५÷७ मिनेटले नै बाँचे भन्ने लाग्छ । तर, पञ्जावी ढावाका ती साथीलाई सधैं सम्झन्छु, ऊ हामीसँग असाध्यै मिल्थ्यो । केही मिनेट वा केही सेकेन्डले नै कसैको जीवन र मृत्युको फैसला गर्दोरहेछ ।’

टुँडिखेलमा चार दिनसम्म बसेपछि बिहार स्थित घर गएका अहमद २२ दिनपछि  काठमाडौं फर्किए । ‘त्यतिबेला पनि सुन्धारामा सन्नाटा नै थियो । ४ बजेपछि सबै पसल बन्द हुन्थे । मानिसहरु यहाँ धेरै मरेका छन्, चिच्याहट सुनिन्छ, अब भुत आउँछ भन्थे,’ अहमदले सम्झिए, ‘त्यसको धेरै समयपछि मात्रै मेरो सैलुन चल्न थाल्यो ।’

खस्कियो व्यापार

भूम्पले कतिको ज्यान लियो, कति घाइते भए, कति पुरिए, कति भागाभाग गर्दै थिए । यस दिन पश्चिमतर्फको पञ्जावी ढावा र त्यससँगै जोडिएको अब्दुल बदुरको ‘फेमस पान’ पसल पनि पुरियो ।

०००

दिउँसो १ नबज्दै श्रीमती र बच्चालाई सुरक्षित ठाउँमा छाडेर न्युरोडबाट भोला धरहरा ढलेको ठाउँमा आए । यतिबेलासम्म प्रहरी र सेनाको टोली पनि उद्धारका लागि आइसकेको थियो । स्थानीयको सहयोगमा उद्धारकार्य चल्यो ।

‘मस्जिद अगाडि एकजना आमालाई मैले भग्नावशेषबाट तानें, उहाँ मेरी छोरीलाई बचाउनुस् भन्दै हुनुहुन्थ्यो,’ भोलाले सम्झिए, ‘छोरीको लास नजिकै थियो । त्यो दृश्य सम्झँदा अहिले पनि म भावुक हुन्छु ।’

धरहरा ढलेको खबर सुनेपछि भान्जालाई खोज्दै बाफलबाट हिँडेर दीपक कश्यपका मामा पनि सुन्धारा आइपुगेका थिए । ‘भान्जा बाँचेका छन् कि भन्ने झिनो आश बोकेर आउनुभएको रहेछ, म सुरक्षित भएर उद्धारमा लागिसकेको थिएँ । एकअर्कालाई सकुशल देख्दा दुुबै भावुक भयौ,’ दीपकले सुनाए ।

अहमदको सैलुनमा अहिले पहिलेजस्तै व्यापार छ । तर, सुन्धारामा विगत ६ वर्षमा ठूलो व्यापारिक उतार–चढाव देखिएको छ । धरहरा ढल्दा त्रासदी अनुभव गर्ने स्थानीय र व्यापारीहरुले यसको पुनर्निर्माण पनि प्रारम्भदेखि नै देखेका छन् । फेरि धरहरा ठडिँदा कोही उत्साहित छन् त कसैको मनमा पुरानै त्रास अझै बाँकी छ ।

‘धरहराले सुन्धारालाई काठमाडौंको केन्द्र भनेर चिनाउँथ्यो । यहाँ राम्रो व्यापार हुन्थ्यो,’ कपडा व्यापारी मदन देव भन्छन्, ‘भूकम्प, नाकाबन्दी र फेरि धरहरा पुनर्निर्माणको कामले गर्दा  व्यापार बिग्रियो, अहिले कोरोनाले ठप्प छ । धरहरा फेरि खुल्नेछ र व्यापार जग्मगाउनेछ भन्ने आशमा मैले बिराटनगरको जग्गा बेचेर,  बैंकबाट ऋण काढेर पसल धानिरहेको छु ।’

बलियो गरी पुनर्निर्माण गरिएकाले अब ढल्दैन भन्ने विश्वास अब्दुललाई पनि छ । ‘पहिले पैसा कमाउनका लागि डेट एक्सपायर भइसकेको संरचनामा मान्छे चढाइएको थियो र दुर्घटना निम्तियो । तर, अहिले बलियो गरी बनाइएको छ,’ अब्दुलको विश्वास छ, ‘बार–बार कहाँ उस्तै हुन्छ र ? अब धरहरामा त्रासदी देख्नुपर्दैन ।’

कृष्ण र भोलाको मनमा भने कहीँकतै त्रास बाँकी नै छ । ‘९० सालमा हाम्रो हजुरबा पुस्ता अनि ०७२ सालमा हामीले भूकम्प भोग्यौँ । काठमाडौंको मध्यभागमा यसरी संरचना ठड्याउँदा भोलिको पिँढीलाई पो खतरा हुन्छ कि भन्ने पनि कहिलेकाँही लाग्दोरहेछ,’ भोलाले रातोपाटीसँग भने ।

केही दिनअघि ठूलो उत्साह बोकेर कृष्ण नयाँ धरहरामा चढे । ‘निकै माथि पुगिसकेपछि एक्कासी मुटु भारी भयो, मैले पुरानै दिन सम्झिएछु,’ कृष्ण आफ्नो अनुभव सुनाउँछन्, ‘अनि बीचबाटै सरासर तल गरेँ । जति बिर्सन्छु भने पनि त्यो त्रासदी बिर्सन नसकिने रहेछ ।’

कृष्ण थप्छन्, ‘तर, पुनर्निर्माण राम्रोसँग भएको हामीले प्रत्यक्ष देखेका छौं, त्यसैले परिवार नै लिएर फेरि टुप्पोमा जाने, अनि काठमाडौं चिहाउने रहर छ ।’

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *