नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण तयारी पूरा, विजेताले ३५ लाख पाउने

नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण तयारी पूरा, विजेताले ३५ लाख पाउने

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुत सरकारसँग छलफल गर्दै सरकारको अनुमतिमा लिग आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिताका डिरेक्टर श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । सरकारको सबै स्थानमा पत्र पठाएर स्वीकृति लिएर अघि बढेको उनले बताए ।

प्रतियोगिता डिरेक्टर कार्कीले दर्शकलाई अनुमति नमिले पनि फरक माध्यमबाट प्रतियोगिताले खेलकुदको माहोल ल्याउने बताए । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेलसँगै लिगको सुरुवात हुनेछ । काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख पाउने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।स्रोत न्युज२४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *