शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी

शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी

काठमाडौं । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गरि ओली समूहको एमालेमै फर्किएका शेरबहादुर तामाङले एमालेको केन्द्रीय कार्यालय सचिवको जिम्मेवार पाएका छन् ।

शुक्रबार बालुवाटारमा एमालेको महाधिवेशन कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको हो ।

एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव रहेका छन् । शुक्रबार तामाङ थपिएपछि एमालेमा अब दुई जना कार्यालय सचिव भएका छन् ।स्रोत न्युज२४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *