सोमबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रम स्थगित

सोमबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउने भनिएको कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ८ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकोले मंगलबार उपप्रधानमन्त्री पोखरेलले गर्ने भनिएको सम्बोधन स्थगित भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा कोरोनाको दोस्रो लहरबारे उत्पन्न समस्या न्यूनिकरण विषयमा उपप्रधानमन्त्री पाखरेलले मंगलबार समग्र विषयमा जानकारी दिने भनिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काललाई विद्यालय बन्द नगर्ने र आवश्यक स्वास्थ्य सचेतना अपनाउन अपिल गर्ने निर्णय गरेको थियो ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले भने एक महिनाका लागि विद्यालय बन्द गरिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।

यसकारण विद्यालय बन्द गरेर ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव गरेको उहाँले जानकारी दिनुभएको छ ।स्रोत न्युज २४

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *