सोमबार प्रतिनिधिसभाको शून्य बैठकमा बोल्दै अलपत्र कामदारको बारेमा सरकारले बेवास्ता गरेको भन्दै फिलिपिन्सलगायत देशको सरकारले गरेजस्तो गरेको भए कामदारहरु कोरिया गइसकेको हुने उनले बताए ।
उनले भने, ‘दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र छन् । यिनीहरूका बारेमा लगातार सरकारले वेवास्ता गरेको छ। फिलिपिन्सलगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनीहरूले कोरिया जान पाइसकेको हुन्थे ।’
वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको तर, उनीहरु फर्केर जान पाउने वातावरण नबनको प्रति थापाले असन्तुष्ट व्यक्त गरेका छन् ।
उनले भने, ‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन् । यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’
इपीएस भाषा परीक्षा उत्तिर्ण गरेर दक्षिण कोरिया जानेहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।स्रोत न्युज २४