काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्या देवी भण्डारीले विभूषित गर्नुभएका व्यक्तिहरुलाई बाँडिएको तक्मा प्रसंगमा राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले राष्ट्रवादका नाममा कालापानी, लिम्पियाधुरी र लिपुलेकसहित भएको नयाँ चुच्ने नक्सा गायब पारिएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा गायव पारिसकियो । पार्टीभित्रको समस्या देखाएर संसदको ढाड भाँचियो, कोरोना देखाएर जनतालाई डुबाइयो, सभामुखमार्फत् सबै जनताको ध्यान जाओस्, संसदको ध्यान जाओस् ।’
साथै, मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको, धरहरालाई देखाएर डण्डी र सिमेन्टको भाउ बढाएको, विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको सांसद महतले बताएका छन्।स्रोत न्युज २४