विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्वको लागि दुई समूह चुनावी अभियानमा होमिएपछि माहोल तातेको छ ।माघ ४ र ५ गते हुने निर्वाचनमा डा.कैलाश श्रेष्ठ र डा.फरवार्ड सिलवालको समूह निर्वाचनवमा होमिएको छ ।डा.श्रेष्ठको समूहले सोमबार मनोनयन दर्ता गराएको छ ।
श्रेष्ठको समूहमा वरिष्ठ उपाध्यक्ष डा.संजीवकुमार ठाकुर, उपाध्यक्ष डा.बालकृष्ण साह, महासचिबमा डा.रबिनराज सिंह, सहसचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा सरबेसकुमार झाले मनोनियन दर्ता गराएका छन् ।सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा. दिपेन्द्र नौलाखा, डा.निशा अधिकारी, डा.राजेश्वर यादव र डा.अभिषेक चौधरी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा.रवि बास्ताकोटीले जानकारी दिनुभयो ।
संघको अध्यक्षको उम्मेदवारी घोषणा गरेका सिलवालको समूहबाट बरिष्ठ उपाध्यक्ष र महासचिब पदमा मात्र मनोनयन दर्ता गराएका छन् ।सो समूहबाट डा.नविन कर्णले वरिष्ठ उपाध्यक्ष र महासचिबमा राजेन्द्र चौधरीले मनोनियन दर्ता गराएको निर्वाचन अधिकृत डा.वास्ताकोटीले बताउनुभयो । मनोनयनको समय मंगलबारसम्म रहेकोले अन्य पदमा मंगलबार मनोनयन दर्ता गराउने सिलवालले जानकारी दिनुभयो ।
‘उम्मेदवारीको मनोनयन दर्ताको समय मंगलबार साँझसम्म रहेको छ,’ डा. सिलवालले भन्नुभयो, ‘सबै पदमा मंगलबार मनोनयन दर्ता गराउनेछौं ।’ डा.सिलवालको समूहदेखि उपाध्यक्षमा डा.यज्ञराज खरेल, कोषाध्यक्षमा डा.सिलवन्तसेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै सदस्यहरु डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा.कृष्णप्रसाद नेपालले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचित पदाधिकारीहरु तीन वर्षको कार्यकाल हुनेछ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सहसचिब, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना सदस्यहरू गरि १३ जनाको पदाधिकारीहरू हुनेछन् ।
दुबै समूहले नेपाल मेडिकल काउन्सिल पास गरेर वसेका युवा चिकित्सकलाई सदस्यता दिलाएर आफ्नो मत बलियो बनाउने कसरत गरिरहेका छन् । डा.श्रेष्ठको समूहले सार्वजानिक गरेको सामुहिक प्रतिबद्धतामा चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्ने र विद्यमान श्रमशोषणका विरुद्ध संघर्ष गर्ने बताएको छ ।सिलवालको समूहले भने तीन वर्षे कार्यकालमा आफूले थालेका कतिपय काम पूरा नभएकाले दोहोर्याएर योजना सम्पन्न गर्ने बताएको छ । सिलवाल संघमा रहदा एकलौटी चलेको तथा कुनै उल्लेख्य काम नभएको अर्को पक्षको आरोप छ ।स्रोत हाम्रोमत