November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । कम्पनीले  ४.८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । स्रोत रातोपाटी