November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब ८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३२.२९ अंक बढेर २७३३.१४ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सूचक घटेपनि यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १८० रुपैयाँ ९० पैसा बढेर १ हजार ९९० रुपैयाँ १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।