November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

थैलीभेटी चढाएर आएको व्यक्तिले त झनै नियामक निकायमा बसेर काम गर्न सक्दैन

थैलीभेटी चढाएर आएको व्यक्तिले त झनै नियामक निकायमा बसेर काम गर्न सक्दैन

[15:32, 23/11/2021] +977 980-7193540: डा. सुरवीर पौडेल
बजार पहिलेको तुलनामा धेरै विस्तार भइसकेको छ । बजार विस्तार भए अनुसार नियामक निकायले पनि आफ्नो क्षमता अभिवृद्धि गर्दै जानुपर्छ । नियमनको दायरा पनि बढाउँदै लैजानुपर्ने जिम्मेवारी नयाँ अध्यक्षको काँधमा छ ।

नेप्सेलाई पनि सुधार गर्नु पर्नेछ । धितोपत्र बोर्डको पनि सुधार गर्नु पर्नेछ । सुपरिवेक्षण गर्नु पर्ने दायरा धेरै फराकिलो भइसकेको छ । सूचीकृत कम्पनीहरु पनि धेरै नै भइसकेको अवस्था छ । ब्रोकरहरुको संख्या पनि बढेर ५० पुगिसकेको छ । म्युचुएल फन्ड पनि बढेका छन् । क्रेडिट रेटिङ एजेन्सी पनि बढेकै छन् ।

मेरो पालोमा म्युचुएल फन्ड, क्रेडिट रेटिङ र सीडीएससीका नियमावली बनेर बल्ल शुरु भएको अवस्था थियो । त्यसैको आधारमा विस्तारै पुँजी बजार विकास भएको हो । मेरो शेयर, आस्वालगायत अनलाइनबाट शेयर आवेदन गर्न मिल्ने प्रणाली सीडीएससी भएकै कारणले सजिलो भएको हो ।कमसेकम प्रदेशका राजधानीहरुसम्म बजार विस्तार गर्नुपर्छ । नयाँ प्रविधिको विकाससँगै नयाँ किसिमका अपराधको सिर्जना हुन्छ । इन्साइडर ट्रेडिङ प्रशस्त भइरहेको भन्ने कुरा सुनिन्छ । त्यसलाई नियन्त्रण गर्न धितोपत्र बोर्डको सुपरिवेक्षण एकदमै कडा पार्नु पर्नेछ । अहिले मेरो पालोमा जस्तो मानव संशाधनको अभाव छैन । मेरो पालामा स्टाफ थप्न खोज्दा अख्तियार लगाएर थप्नै नदिएको तितो अनुभव मसँग छ । अहिले जनशक्ति बढे अनुसार सुपरिवेक्षण एवम् नियामक निकायको स्तर वृद्धि भएको देखिएन ।

मेरो विचारमा नेप्से नसुध्रिकन बजार सुध्रिदैन । त्यसबेला पनि रणनीतिक साझेदार बाहिरबाट ल्याउने भन्ने विषयमा व्यापक बहस भएको थियो । म बोर्ड अध्यक्ष हुँदा दक्षिण कोरिया, सिंगापुरलगायतका देशबाट त्यहाँको स्टक एक्सचेन्जबाट नेप्सेमा रणनीतिक साझेदारको रुपमा भित्र्याउन पहल भएको थियो । मेरो कार्यकाल सकिएपछि त्यो प्रक्रिया त्यत्तिकै सेलायो । यो विषयमा अहिलेसम्म केही पनि भएको छैन । यस्ता यावत समस्याहरु अहिले पनि छन् । पुँजीबजारका सुधारको विषयमा नेपाल सरकारले पनि त्यति तत्परता देखाएको देखिँदैन । मौद्रिक बजारको सल्लाहकार नेपाल राष्ट्र बैंक भए जस्तै पुँजी बजारको सल्लाहकार एवम् पुँजी बजार विज्ञको रुपमा बोर्डले कार्य गर्न सकेको देखिएन ।
सबैभन्दा ठूलो कुरा नियमक माथि लगानीकर्ताहरुको विश्वास हुनुपर्छ । नियामकमाथि लगानीकर्ताको विश्वास भएमा मात्रै निर्धक्कसँग लगानीकर्ताले लगानी गर्न सक्छन् र बजार अगाडि जान सक्छ भन्ने लाग्छ ।

म अध्यक्ष भएको बेला अर्थ मन्त्रालयमा पुँजी बजार मात्रै हेर्ने भन्ने छुट्टै महाशाखा चाहिन्छ भनेर प्रस्ताव गरेको थिए । आर्थिक नीति महाशाखाले मात्रै हुँदैन भनेर विरोध गरेको थिए । कर्मचारीहरु एक ठाउँबाट अर्को ठाउँमा सरुवा भइरहने हुनाले प्रस्तावित महाशाखामा पुँजी बजार बुझेको कर्मचारीलाई सहसचिव जिम्मेवारी दिनुप¥यो भन्ने मेरो सुझाव थियो । सरकार परिवर्तन हुनासाथै पूर्व नियुक्तिहरु पनि परिवर्तन गरिने परिपाटी अहिले पनि विद्यमान छ । नियामकीय निकायको प्रमुखलाई हटाउने सरल र प्रत्यक्ष उपायहरु नभए पनि मन्त्री रिझाउन विभिन्न छिद्रहरु खोज्न कर्मचारीले नै सहयोग गर्ने गर्दछन् । नेपालको कर्मचारीतन्त्र अर्थ मन्त्रालयको मात्रै होइन, सबै क्षेत्रका सरकारी कर्मचारी विकास मैत्री त छँदै छैन । कर्मचारीतन्त्र अझै पुरानै ढर्राको छ । नयाँ प्रयोग गर्ने र कामलाई अझ गतिशिल बनाउने तिर ध्यान नै दिँदैनन् ।

अब दुई वर्षको लागि धितोपत्र बोर्डमा अर्को नेतृत्व छनोट गर्ने प्रक्रिया अगाडि बढेको छ । पुरानो नेतृत्वले सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गरेको अवस्थामा अदालतले के गर्ला भन्ने अन्यौल त कायमै छ । बोर्डको अध्यक्ष सरकारले नियुक्ति गर्ने हो । त्यसमा पनि अर्थ मन्त्रालय सम्हाल्ने व्यक्ति यसमा बढी जिम्मेवारी हुन्छ । मन्त्रालयले नियुक्ति गर्दा विषय विज्ञ चाँहि हेर्नुपर्छ । धितोपत्र र पुँजी बजार सम्बन्धी विज्ञता भएको व्यक्तिलाई नियुक्ति गर्नुपर्छ । प्रधानमन्त्री, अर्थमन्त्री अथवा पार्टी अध्यक्षको नजिकको मान्छे जस्ता मापदण्डबाट अध्यक्ष छनोट हुनुहुँदैन । अहिले त झन बजारमा यति रकम दिए पछि बोर्डको अध्यक्ष पक्का भन्ने कुराहरु पनि सुन्न पाइन्छ । पछिल्लो ढोकाबाट लेनदेन पनि हुन्छ भन्छन् । यस्ता आधारबाट पुँजी बजारजस्तो संवेदनशील क्षेत्रको अध्यक्ष नियुक्ति भयो भने चाँहि राम्रो हुँदैन । यस्तो मापदण्डबाट नियुक्त भएको व्यक्तिले नियामक निकायमा बसेर काम गर्न सक्दैन । थैलीभेटी चढाएर आएको व्यक्तिले त झनै नियामक निकायमा बसेर काम गर्न सक्दैन । उसले विभिन्न बहानामा लोभलालच गर्न थाल्छ । नियामक निकायमा आउने व्यक्ति लोभलालचमा फस्न था…