November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अ‍ोली

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा मोक्तान निर्वाचित

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् ।

गलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुराको जानकारी निर्वाचन आयोग र संसद सचिवालयमा जानकारी गराइएको अवस्थामा भदौ २ गते अवैध रुपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको बताए । उनले माधव नेपालको कुनै पार्टी नभएकाे पनि जिकिर गरे ।