November 28, 2021

बिरगंज खबर

सत्य तथ्य र निस्पक्ष्य समाचारको लागी

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा मोक्तान निर्वाचित

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा मोक्तान निर्वाचित

नेपाली काँग्रेस मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । मोक्तानले सभापति पदका अर्का उम्मेदवार इश्वरराज पौडेललाई पराजित गरेका हुन् ।

सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार मोक्तानले ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ३५३ मत प्राप्त गरे ।

व पदमा थल बहादुर थापा ‘सन्तोष’ र बलराम घिमिरे विजयी भएका छन् । थापाले ५२७ मत र घिमिरेले ४६२ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३४४ र राजकुमार ब्लोनले ३७७ मत प्राप्त गरी पराजित भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।
अन्य पदसहित महाधिवेशन प्रतिनिधिहरुको भने मतगणना जारी रहेको उनले बताए ।